बाँकेमा इलेक्ट्रिक अटो खेतमा पल्टिँदा चालकको मृत्यु
२ असाेज,बाँके । बाँकेको खजुरा गाउँपालिका–२ रिमझिम चोकस्थित भित्री सडकमा इलेक्ट्रिक अटो अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
भे.२ ह. २१ नम्बरको इलेक्ट्रिक अटो सडकबाट अनियन्त्रित भई खेतमा पल्टिँदा चालक मुकेश वि.क. घाइते भएका थिए।
दुर्घटनापछि घाइते चालक वि.क.लाई उपचारका लागि सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रा.लि., नेपालगन्ज अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
उक्त अटोमा चालकसहित पाँच जना सवार रहेकोमा अन्य चार जना भने सकुशल रहेको जनाइएको छ। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0