बाँकेको चिसापानीमा आठ राउण्ड हवाई फायर, प्रहरीसहित पाँच घाइते

Nov 24, 2026 - 10:47
 0  5
बाँकेको चिसापानीमा आठ राउण्ड हवाई फायर, प्रहरीसहित पाँच घाइते

८ मंसिर,बाँके । बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा आज बिहान पूर्णिमा जात्राका क्रममा भएको झडप नियन्त्रणमा लिन प्रहरीले आठ राउण्ड हवाई फायर गरेको छ।

 बिहान करिब ४ बजे मादक पदार्थ सेवन गरेका १५ जनाको समूहले स्थानीय ४२ वर्षीय प्रेमबहादुर थापामाथि कुटपिट गरेको थियो।

घटनास्थल पुगेको प्रहरी टोलीमाथि समेत ढुङ्गामुढा भएपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको प्रहरीले जनाएको छ।

कुटपिटबाट घाइते थापाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चार प्रहरीसहित पाँच जना घाइते भएका छन्।

अन्य संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0