बझाङमा भरुवा बन्दुकसहित ४० वर्षीय रोकाया पक्राउ

Nov 8, 2026 - 16:34
 0  10
बझाङमा भरुवा बन्दुकसहित ४० वर्षीय रोकाया पक्राउ

२२ कातिक,काठमाण्डाैं  । बझाङको मष्टा गाउँपालिका–२ धनातोलीबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

 पक्राउ पर्नेमा सोही स्थानका ४० वर्षीय राजेन्द्र रोकाया रहेका छन् । आइतबार बिहान १०:४० बजे इलाका प्रहरी कार्यालय मष्टाबाट प्रहरी सहायक निरीक्षक पदमबहादुर बोहराको कमाण्डमा खटिएको गस्ती टोलीले विशेष गोप्य सूचनाका आधारमा रोकायाको घरमा खानतलासी गरेको थियो ।

सो क्रममा घरमा लुकाइछिपाइ राखिएको एक थान भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त बन्दुक रीतपूर्वक बरामदी मुचुल्का तयार गरी रोकायालाई नियन्त्रणमा लिएको थियो ।

 उनलाई आइतबार दिउँसो १४:२५ बजे जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0