फाइनलमा सुदूरपश्चिमको स्थान सुरक्षित, अब उपाधिका लागि लुम्बिनीसँग भिडन्त

Nov 19, 2026 - 21:22
 0  9
फाइनलमा सुदूरपश्चिमको स्थान सुरक्षित, अब उपाधिका लागि लुम्बिनीसँग भिडन्त

३ कातिक,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

 रोमाञ्चक बनेको दोस्रो क्वालिफायरमा चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो।

 जितसँगै सुदूरपश्चिमले उपाधि भिडन्तमा लुम्बिनी लायन्ससँगको भेट पक्का गरेको छ। अब दुवै टोलीबीचको फाइनल खेलमा एनपीएलको उपाधिका लागि कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

 सुदूरपश्चिमले लिग चरणदेखि देखाएको लयलाई फाइनलमा पनि कायम राख्न सके पहिलोपटक उपाधि जित्ने अवसर पाउनेछ।

यता लुम्बिनी पनि उपाधि आफ्नो पक्षमा पार्ने लक्ष्यसहित मैदान उत्रनेछ। अब प्रश्न एउटै छ,एनपीएलको ताज सुदूरपश्चिमको टाउकोमा सजिएला कि लुम्बिनीले बाजी मार्ला?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0