प्रहरी चौकीबाट २ सय मिटर नजिकै चार घरमा चोरी, सुरक्षामाथि प्रश्न
९ भदाै,बारा । करैयामाई गाउँपालिका–१ मधुवन बजार र वडा नम्बर ६ क्षेत्रमा एकैपटक चारवटा घरमा चोरी भएको खबर प्राप्त भएको छ। प्रहरी चौकीबाट करिब २ सय मिटरको दूरीमै चोरी भएको भनिएपछि स्थानीयले सुरक्षा व्यवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। स्थानीय स्रोतका अनुसार मधुवन बजारसहित वडा नम्बर ६ का विभिन्न स्थानमा रहेका चार घरमा चोरी भएको हो। चोरीका क्रममा घरमा रहेका नगद तथा विभिन्न सामानहरू चोरी भएको बताइएको छ। यद्यपि चोरी भएको सामान तथा नगदको यकिन विवरण खुल्न बाँकी छ। प्रहरी चौकीबाट निकै नजिकको क्षेत्रमा समेत चोरी भएपछि स्थानीयले प्रहरीको नियमित गस्ती, निगरानी तथा सुरक्षा व्यवस्थाको प्रभावकारितामाथि प्रश्न उठाएका छन्। रातिको समयमा हुने चोरीका घटना नियन्त्रण गर्न सुरक्षा निगरानी बढाउनुपर्ने स्थानीयको माग छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाइएको छ। चोरीमा संलग्न व्यक्तिको पहिचान तथा चोरी भएको सम्पत्तिको यकिन विवरण अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0