पर्सामा कारको डिकीबाट ११४ किलोभन्दा बढी गाँजा बरामद: २१ वर्षीय चालक चेपाङ प्रहरी नियन्त्रणमा

Sep 5, 2026 - 09:19
 0  6
पर्सामा कारको डिकीबाट ११४ किलोभन्दा बढी गाँजा बरामद: २१ वर्षीय चालक चेपाङ प्रहरी नियन्त्रणमा

२० भदाै,पर्सा । पर्सामा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। प्रहरीले ११४ किलो २५ ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरेको हो।

 शुक्रबार राति करिब ८ः४५ बजे प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले पकहामैनपुर गाउँपालिका–१ धोरेस्थित तिलाईपुल–भिष्वा सडकखण्डमा सवारीसाधन चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा तिलाईपुलबाट धोरेतर्फ आउँदै गरेको बा १८ च ३६५७ नम्बरको सेतो रङको निशान कारलाई रोकेर जाँच गर्दा कारको पछाडिको डिकीमा प्लास्टिकको डोरीले बाँधेर राखिएका १२ वटा पोका फेला परेका थिए। प्रहरीले ती पोका खोलेर जाँच गर्दा प्लास्टिकसहित ११४ किलो २५ ग्राम लागुऔषध गाँजा बरामद गरेको जनाएको छ।

 गाँजा ओसारपसारमा प्रयोग भएको कारसहित धादिङको बेनिघाट रोराङ गाउँपालिका–८ का २१ वर्षीय साजन चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बरामद गाँजा र कारलाई नियन्त्रणमा लिई पक्राउ परेका चेपाङमाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0