पर्साबाट १५४ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

Sep 22, 2026 - 19:35
 0  5
पर्साबाट १५४ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

६ असोज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१५ बाट १५४ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् ।

लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्ज र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले आज मंगलबार उनीहरूलाई पक्राउ गरेको हो ।

 पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–२ का ४६ वर्षीय रेयाद आलम र जगरनाथपुर गाउँपालिका–६ का ३७ वर्षीय सन्तोष प्रसाद पटेल रहेका छन् ।

 प्रहरीका अनुसार उनीहरूको साथबाट १५४ ग्राम खैरो हेरोइन, भारतीय नम्बर BR05 BL 1680 को मोटरसाइकल र पाँच थान मोबाइल बरामद भएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

 लागू औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार खैरो हेरोइन कारोबारमा संलग्न व्यक्तिलाई १५ वर्षदेखि जन्मकैदसम्मको सजाय र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0