पर्वतमा सुख्खा पहिरोले घर पुरिँदा ६५ वर्षीय आचार्य च्यापिए,प्रहरी द्वारा सकुशल उद्धार
१३ असाेज,काठमाण्डाैं । पर्वतको जलजला गाउँपालिका–७ लामाबगरमा सुख्खा पहिरोले घर पुरिँदा च्यापिएका एक जनाको सकुशल उद्धार गरिएको छ।
मंगलबार बिहान करिब ५ः३० बजे माथिबाट ढुंगा–माटोसहितको सुख्खा पहिरो खस्दा स्थानीय करिब ६५ वर्षीय आत्माराम आचार्य घरभित्र च्यापिएका थिए।
पहिरोमा च्यापिएको अवस्थामा फेला परेका आचार्यलाई तत्काल प्रहरिले उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको हो। उद्धार गरिएका आचार्यको दाहिने आँखाको माथिल्लो भाग र टाउकोमा चोट लागेको छ।
उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेका उनलाई थप उपचारका लागि प्रदेश अस्पताल बेनी, म्याग्दी पठाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0