पत्रकार किशोर श्रेष्ठ घरैबाट पक्राउ, साइबर ब्यूरो लगियो
३१ असाेज,काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले काठमाडौंस्थित उनको घरबाट पक्राउ गरी साइबर ब्यूरो लगेको छ।
छानबिनसंग टेलिफोन सम्पर्कमा आएका श्रेष्ठले पक्राउलगत्तै आफूलाई साइबर ब्यूरो लैजाने जानकारी दिइएको बताएका छन्।
रास्वपा नेता तथा कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएका थिए। पन्तको परिवारले जग्गा कब्जा गरेको सम्बन्धमा प्रकाशित समाचारपछि श्रेष्ठविरुद्ध जाहेरी परेको बताइएको छ।
यद्यपि, श्रेष्ठलाई यही जाहेरीका आधारमा पक्राउ गरिएको हो वा अन्य कुनै जाहेरीका आधारमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले स्पष्ट जानकारी दिएको छैन।
बालेन नेतृत्वको सरकार बनेपछि श्रेष्ठ पक्राउ परेको यो दोस्रो पटक हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0