देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य गरेको आरोपमा दुई युवती पक्राउ
२६ कातिक,काठमाण्डाैं । परम्परागत देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले दुई युवतीलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कार्तिक २६ गते राति करिब १२:०५ बजे इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलवार बजारबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ती बस्नेत रहेका छन्।
प्रहरीका अनुसार नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत हुने गरी देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
उनीहरूमाथि सार्वजनिक हित तथा नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रहरीले परम्परागत देउसी–भैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति र सामाजिक सद्भावमा प्रतिकूल असर पर्ने गरी अमर्यादित तथा अश्लील नृत्य, गीत–संगीत प्रदर्शन नगर्न आग्रह गर्दै त्यस्ता गतिविधिमा संलग्न भए प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0