दाङका जंगलमा प्रहरीको ‘सर्च अप्रेसन’ : झाडीमा लुकाइएका ८ नाल भरुवा बन्दुक बरामद

Sep 15, 2026 - 14:21
 0  5
दाङका जंगलमा प्रहरीको ‘सर्च अप्रेसन’ : झाडीमा लुकाइएका ८ नाल भरुवा बन्दुक बरामद

३० भदाै,दाङ । दाङका विभिन्न स्थानमा रहेका जंगल तथा झाडीबाट प्रहरीले ८ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ। जंगलका झाडीमा भरुवा बन्दुक लुकाएर राखिएको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङले बुधबार बिहान ६ बजेदेखि ११ बजेसम्म विशेष अप्रेसन सञ्चालन गरेको थियो।

सो क्रममा विभिन्न स्थानमा लुकाइछिपाइ राखिएका ८ नाल एकनाले भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय भैसाहीबाट खटिएको टोलीले राजपुर गाउँपालिका–७ भैसाहीस्थित भैसाही खोलाको किनार नजिकैको झाडीबाट १ नाल, इलाका प्रहरी कार्यालय कमिरेचौरको टोलीले बंगलाचुली गाउँपालिका–१ ठुलोभिर सामुदायिक वनबाट २ नाल र प्रहरी चौकी गोल्टाकुरीको टोलीले दंगीशरण गाउँपालिका–१ बुर्केसालको झाडीबाट २ नाल भरुवा बन्दुक बरामद गरेको हो।

 त्यस्तै, प्रहरी चौकी चिराघाटको टोलीले शान्तिनगर गाउँपालिका–३ स्थित सिर्जना सामुदायिक वनको माथिल्लो बाटोको नालामा सेतो बोराभित्र लुकाइराखिएको १ नाल तथा अस्थायी प्रहरी पोष्ट रिहारको टोलीले लमही नगरपालिका–९ स्थित आमखोली सामुदायिक वनको झाडीबाट २ नाल भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ।

 बरामद भएका बन्दुक कसले र कुन प्रयोजनका लागि लुकाएर राखेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0