डलर साट्ने बहानामा लुटपाट गर्ने तामाङलाई प्रहरीले चलायो गोली

Nov 5, 2026 - 20:05
 0  14
डलर साट्ने बहानामा लुटपाट गर्ने तामाङलाई प्रहरीले चलायो गोली

१९ कातिक,काठमाडौँ। काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ गाम्चामा प्रहरीले गोली प्रहार गरी लुटपाटमा संलग्न एक जनालाई पक्राउ गरेको छ।

 बिहीबार राति भएको घटनामा प्रहरीले सुजन तामाङलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो।

 उनको दायाँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले बताएका छन्। प्रहरीका अनुसार तामाङले सस्तोमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर लुटपाट गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

उनी डलर ठगी तथा लुटपाटका घटनामा संलग्न रहेको प्रहरीको निष्कर्ष छ। तामाङलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको एसएसपी घिमिरेले जानकारी दिएका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 1
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0