जनकपुरधाममा टिपरको ठक्करबाट २० वर्षीय नवीनको घटनास्थलमै मृत्यु
२६ कातिक,जनकपुरधाम । धनुषाको जनकपुरधाममा टिपरको ठक्करबाट स्कुटी चालक एक युवकको घटनास्थलमै मृत्यु भएको छ।
बिहीबार दिउँसो करिब ४ः३० बजे जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारी चोकमा टिपरले स्कुटीलाई पछाडिबाट ठक्कर दिँदा स्कुटी चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा महोत्तरीको मनरासिस्वा नगरपालिका–५ कटैयाका २० वर्षीय नवीन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरीका अनुसार पिडारी चोकबाट रत्नसागर तर्फ जाँदै गरेको मधेश प्रदेश ०२–०१० प ४०६९ नम्बरको स्कुटीलाई सोही दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७५०४ नम्बरको टिपरले ठक्कर दिएको थियो।
दुर्घटनापछि प्रहरीले स्कुटी, टिपर र टिपर चालक महोत्तरीको भंगहा नगरपालिका–७ सितापुर निवासी २२ वर्षीय सचिनकुमार सिंहलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0