कांग्रेस सभापतिमा गगन थापाले दर्ता गराए उम्मेदवारी
२० असाेज,काठमाडौं । नेपाली कांग्रेसको भावी सभापति पदका लागि गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघि विशेष महाधिवेशनबाट सभापति बनेका थापाले पुनः सभापति पदमा उम्मेदवारी दिएका हुन् । थापासँगै हालसम्म सभापति पदमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।
यसअघि श्यामकृष्ण खड्गीले सभापति पदमा उम्मेदवारी दर्ता गराएका थिए । सभापतिका अर्का आकांक्षी किशोरसिंह राठोर रहे पनि उनको मनोनयन भने हालसम्म दर्ता भइसकेको छैन ।
थापाको उम्मेदवारीमा कृष्ण बानिया, देउकुमार थेवे र करुणा कटुवाल प्रस्तावक रहेका छन् । यस्तै, सुसन वैद्य, गोमा राई र मनोज भट्ट समर्थक रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0