एमाले सचिवालय बैठक : ‘ओलीको तत्काल राजीनामा’ शब्द हटाइयो, राष्ट्रिय प्रतिनिधि परिषद् बोलाउने सहमति

Sep 20, 2026 - 20:38
 0  9
एमाले सचिवालय बैठक : ‘ओलीको तत्काल राजीनामा’ शब्द हटाइयो, राष्ट्रिय प्रतिनिधि परिषद् बोलाउने सहमति

 ४ असाेज,काठमाण्डाैं  । नेकपा एमालेको सचिवालय बैठकले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने सहमति गरेको छ।

भोलिदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न आइतबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो। एमालेको १०औँ सचिवालय बैठकले यसअघि कार्यदलले तयार पारेको प्रतिवेदनलाई अनुमोदन गरेको महासचिव शंकर पोखरेलले बताएका छन्। उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संयोजक रहेको कार्यदलले तयार पारेको प्रतिवेदनलाई सचिवालय बैठकले अन्तिम रूप दिएको हो।

कार्यदलको प्रतिवेदन र महासचिव शंकर पोखरेलले तयार गरेको प्रतिवेदनलाई संयोजन गरी एकीकृत प्रतिवेदन बनाइएको थियो। त्यसलाई सचिवालय बैठकले अनुमोदन गरेको हो। यसअघि अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले समेत प्रतिवेदन तयार गरेका थिए।

उक्त प्रतिवेदनमा देशभरबाट प्राप्त सुझावलाई अनुसूचीका रूपमा समेटिएको छ। तर प्रतिवेदनमा रहेको ‘ओलीको तत्काल राजीनामा (पुनर्गठन)’ भन्ने शब्दावली भने हटाइएको छ।

कार्यदल र सचिवालय बैठकपछि अब भोलिदेखि बस्ने केन्द्रीय कमिटी बैठकका लागि आवश्यक एजेण्डा तय भएको एमालेले जनाएको छ। केन्द्रीय कमिटी बैठकले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने विषयलाई समेत अघि बढाउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0