ईभी भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु, श्रीमती घाइते

Nov 19, 2026 - 15:40
 0  9
ईभी भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु, श्रीमती घाइते

३ कातिक,बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित पूर्व–पश्चिम राजमार्गमा ईभी भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ भने उनकी श्रीमती घाइते भएकी छन्।

बिहीबार दिउँसो १२ः०५ बजे ४ नम्बर पुल नजिक वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा.०१–००६ ख ९८३६ नम्बरको ईभी भ्यानले विपरीत दिशाबाट आउँदै गरेको बा.०२–०३७ प ८५९८ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका सिन्धुलीका ६० वर्षीय निरबहादुर वाइबाको उपचारका क्रममा दिउँसो १ः२१ बजे परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा मृत्यु भएको हो।

स्कुटीमा पछाडि सवार उनकी ५६ वर्षीया श्रीमती माइली माया तामाङ घाइते भएकी छन्। उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले ईभी चालक झापाका ५० वर्षीय रमेश प्रसाईलाई नियन्त्रणमा लिएको छ। दुवै सवारीसाधन नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0