अदालत परिसरमै ४.८० लाख घुसको खेल: प्रतिवादी छुटाउने दाबी गर्ने बिचौलिया रंगेहात पक्राउ, अभियुक्त भने जेल चालान

Sep 18, 2026 - 18:22
 0  11
अदालत परिसरमै ४.८० लाख घुसको खेल: प्रतिवादी छुटाउने दाबी गर्ने बिचौलिया रंगेहात पक्राउ, अभियुक्त भने जेल चालान

ईर्साद अन्सारी

२ असाेज,काठमाडौं । लागुऔषध मुद्दामा पक्राउ परेका प्रतिवादीलाई अदालतबाट छुटाइदिने भन्दै रकम मागेको आरोपमा एक बिचौलियासहित दुई जना काठमाडौं जिल्ला अदालत परिसरबाट पक्राउ परेका छन्।

 प्रहरीका अनुसार नुवाकोटको सूर्यगढी गाउँपालिका–६ का अजय थापा मगरले अदालतमा थुनछेक बहस चलिरहेका विमल घलेलाई रिहा गराइदिने भन्दै रकम मागेका थिए। सोही रकम दिन नुवाकोटको विदुर नगरपालिका–९ का हरिराम गिरी ४ लाख ८० हजार रुपैयाँ लिएर अदालत परिसर पुगेका थिए।

अदालत परिसरमै रकमसहित भेटिएपछि प्रहरीले अजय थापा मगर र हरिराम गिरीलाई पक्राउ गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए। उनका अनुसार उनीहरूलाई घुसबापतको रकमसहित नियन्त्रणमा लिइएको हो।

 यसैबीच, अदालतले शुक्रबार नै लागुऔषध मुद्दाका प्रतिवादी विमल घलेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको सूचना अधिकारी खतिवडाले बताए। प्रहरीले पक्राउ परेका दुवै जनामाथि घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0