अति भारी वर्षा र बाढी–पहिरोको उच्च जोखिम: बारासहित देशभरका विद्यालयमा बिदा, स्थानीय तहलाई उच्च सतर्कता अपनाउन निर्देशन

Sep 24, 2026 - 08:05
 0  9
अति भारी वर्षा र बाढी–पहिरोको उच्च जोखिम: बारासहित देशभरका विद्यालयमा बिदा, स्थानीय तहलाई उच्च सतर्कता अपनाउन निर्देशन

८ असाेज,बारा । अति भारी वर्षा, बाढी–पहिरो तथा डुबानको उच्च जोखिमलाई मध्यनजर गर्दै बारासहित देशभरका विद्यालयमा बिदा दिन आग्रह गरिएको छ।

 शिक्षा तथा खेलकुद मन्त्रालयले बुधबार सूचना जारी गर्दै प्रतिकूल मौसमको सम्भावनालाई ध्यानमा राखेर विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षाका लागि स्थानीय तहसँग समन्वय गरी आवश्यकताअनुसार विद्यालय बिदा गर्न निर्देशन दिएको हो।

मन्त्रालयका अनुसार असोज ९, १० र ११ गते नेपालका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी तथा चट्याङ पर्ने सम्भावना रहेको छ। यसबाट बाढी, पहिरो, डुबान, नदी कटान, हिमपहिरो तथा सडक अवरोध हुनुका साथै विद्युत् र सञ्चार सेवामा समेत अवरोध हुन सक्ने जोखिम रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारी सुरक्षित रहने गरी स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार असोज ८ र ९ गते विद्यालय बिदा गर्न शिक्षा विकास तथा समन्वय एकाइहरूलाई अनुरोध गरेको छ।

त्यस्तै, विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई असोज ९ गतेदेखि ११ गतेसम्म तोकिएका परीक्षा आवश्यकताअनुसार स्थगित गर्न भनिएको छ। सम्भावित विपद्का बेला सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नुपर्ने अवस्था आएमा स्थानीय तहलाई आवश्यक सहजीकरण गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ

। मन्त्रालयले अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन आग्रह गरेको छ।

भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै स्थानीय तह, विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक तथा सम्बन्धित सबै पक्षलाई आवश्यक पूर्वतयारी र सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0