अटोको ठक्करबाट कपिलवस्तुमा ३ वर्षीय बालकको मृत्यु
१९ भदाै,कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–२, बालापुर मिलनचोकस्थित भित्री सडकखण्डमा अटोको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ ।
शुक्रबार बिहान हल्लानगरबाट २ नम्बर टोलतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ह १३७८ नम्बरको अटोले बाटो काट्दै गरेका स्थानीय तिर्सना सेन ठकुरीका ३ वर्षीय छोरा शिवम सेन ठकुरीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा टाउको र अनुहारमा चोट लागेका बालकलाई तत्काल चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पताल लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको थियो ।
बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा चिकित्सकले बालकलाई मृत घोषणा गरेका हुन् । घटनापछि प्रहरीले अटो र चालक **३४ वर्षीया रुपा वि.क.**लाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0