२५ जिल्लामा भोलि पूर्ण यातायात बन्द, २९ जिल्ला उच्च जोखिममा

Sep 25, 2026 - 19:55
 0  15
२५ जिल्लामा भोलि पूर्ण यातायात बन्द, २९ जिल्ला उच्च जोखिममा

ईर्साद अन्सारी

९ असोज, काठमाडौं । लगातारको वर्षासँगै बाढी–पहिरोको जोखिम बढेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २५ जिल्लामा भोलि राति र दिउँसो दुवै समयमा पूर्णरूपमा यातायात बन्द गर्न सुझाव दिएको छ। 

प्राधिकरणले वर्षाका कारण देशका ७७ जिल्लालाई जोखिमका आधारमा रातो, सुन्तला र पहेँलो गरी तीन तहमा वर्गीकरण गरेको छ। रातो रङमा रहेका २५ जिल्ला बाढी–पहिरोको अति उच्च जोखिममा रहेकाले ती जिल्लामा यातायात पूर्णरूपमा बन्द गर्न सुझाव दिइएको हो।

त्यस्तै, २९ जिल्ला उच्च जोखिममा रहेकाले ती जिल्लामा रातिको समयमा यातायात बन्द गर्ने र दिउँसोको अवस्था हेरेर जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोष्टले आवश्यक निर्णय लिनुपर्ने प्राधिकरणले जनाएको छ।

बाँकी २३ जिल्ला पहेँलो रङमा रहेका छन्। ती जिल्लामा भने बाढी, पहिरो तथा अन्य विपद्को सम्भावित जोखिमप्रति सतर्क रहन आग्रह गरिएको छ।

देशका अधिकांश क्षेत्रमा मौसम बदली हुनुका साथै बंगालको खाडीमा उत्पन्न न्यूनचापीय क्षेत्रको प्रभावका कारण लगातार वर्षा भइरहेको छ। वर्षासँगै खोलानालामा जलसतह बढ्नुका साथै विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0