रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा वृद्धाको मृत्यु, दुई जना घाइते

Oct 18, 2026 - 09:39
 0  6
रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा वृद्धाको मृत्यु, दुई जना घाइते

१ कार्तिक,बारा  । रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरस्थित मौलापुर–शीतलपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

आइतबार बिहान करिब १ बजे मौलापुरबाट शीतलपुरतर्फ जाँदै गरेको बा ३७ प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। 

मोटरसाइकलमा तीन जना सवार थिए। दुर्घटनामा मोटरसाइकल चालक रौतहटको फतुवा विजयपुर नगरपालिका–२ शीतलपुर निवासी ५३ वर्षीय त्रिविक्रम ठाकुर, उनकी आमा करिब ७० वर्षीया सोमरिया देवी ठाकुर र बुहारी करिब २८ वर्षीया सीमा कुमारी ठाकुर घाइते भएका थिए।

घाइते तीनै जनालाई उपचारका लागि बाराको कलैयास्थित राजलक्ष्मी प्रा.लि. अस्पताल लगिएको थियो। उपचारका क्रममा आइतबार बिहान ५ बजे सोमरिया देवी ठाकुरको मृत्यु भएको हो।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0