रुकुम पश्चिममा ओढारभित्र लुकाइराखेको अवस्थामा ३ नाल भरुवा बन्दुक बरामद
१२ असाेज,रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ पेदिखेतस्थित ढुङ्गाको ओढारभित्र लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले ३ नाल भरुवा बन्दुक बरामद गरेको छ।
प्रहरी चौकी सिम्रुतुबाट प्रहरी नायब निरीक्षक कृष्णबहादुर शाहको कमाण्डमा खटिएको ४ जनाको प्रहरी टोली गस्ती गर्दै जाने क्रममा ढुङ्गाको ओढारभित्र लुकाइराखिएको अवस्थामा ती भरुवा बन्दुक फेला परेको हो।
प्रहरीले ओढारभित्रबाट बरामद गरेका तीनवटै भरुवा बन्दुक आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा ल्याएर राखेको जनाएको छ।
उक्त स्थान प्रहरी चौकी सिम्रुतुबाट करिब ३ किलोमिटर पश्चिममा रहेको प्रहरीले जनाएको छ। बरामद भएका हतियार कसले र कुन प्रयोजनका लागि त्यहाँ लुकाएर राखेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0