रसुवा बाढीपीडितका लागि राहत बोकेर युवाहरूको टोली रसुवातर्फ प्रस्थान

Sep 5, 2026 - 10:37
 0  13
रसुवा बाढीपीडितका लागि राहत बोकेर युवाहरूको टोली रसुवातर्फ प्रस्थान

२० भदाै,बारा । नेकपा एमाले निकट नेशनल भोलिन्टिएर फोर्स र राष्ट्रिय युवा संघ नेपालले रसुवाका बाढीपीडितका लागि राहत सामग्री संकलन गरी रसुवातर्फ प्रस्थान गरेको छ।

बाढीपहिरोबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले युवाहरूको पहलमा संकलित राहत सामग्री बोकेको टोलीलाई नेकपा एमाले बारा जिल्ला अध्यक्ष क. अध्यानन्द पाण्डे, पार्टी प्रदेश कमिटी तथा मधेश प्रदेशका माननीय रबिन्द्र दास श्रेष्ठ र पार्टी उपसचिव क. जवाहिर अंसारीले बिदाइ गरेका हुन्।

 विपद्को कठिन समयमा पीडित नागरिकको साथमा उभिन युवाहरूले देखाएको सक्रियता र मानवीय भावना प्रशंसनीय रहेको भन्दै नेताहरूले राहत अभियानलाई सफल बनाउन शुभकामना दिएका थिए।

 राहत संकलन तथा वितरण अभियानमा युवाहरूले आफ्नो समय र श्रम समर्पण गर्दै विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उदाहरण प्रस्तुत गरेका छन्। राजनीतिक आस्थाभन्दा माथि उठेर मानवीय सेवामा युवाहरूको यस्तो सक्रिय सहभागिताले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।

राहत टोलीमा राष्ट्रिय युवा संघ केन्द्रीय सचिवालय सदस्य क. राम यादव, नेशनल भोलिन्टिएर फोर्स जिल्ला संयोजक बारा क. हरि ओम साह, राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेश उपाध्यक्ष क. सुजित गिरी, नेशनल भोलिन्टिएर फोर्सका क. जय किशुन यादव, राष्ट्रिय युवा संघ बारा उपाध्यक्ष क. समिता शर्मा, क. माया स्याङ्बो र क. जितेन्द्र साह सहभागी छन्।

 विपद्को घडीमा पीडितको घरदैलोमा पुगेर सहयोग गर्नु नै वास्तविक युवा शक्ति र सामाजिक उत्तरदायित्वको परिचय हो। रसुवाका बाढीपीडितका लागि राहत लिएर अघि बढेको यो युवा अभियानले अरूलाई पनि सहयोगका लागि प्रेरित गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0