युवतीको हातखुट्टा र घाँटी बाँधेर पेट्रोल छर्की आगो लगाउन खोज्ने पक्राउ
१३ असोज,झापा । झापाको बिर्तामोडमा एक युवतीको हातखुट्टा र घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको किशनगञ्ज जिल्ला, कदमगाछी थाना पछाड कट्टा ग्राम पञ्चायत घर भई हाल बिर्तामोड नगरपालिका–५ स्थित अमृत भोग मिठाई पसलमा काम गर्दै आएका ४२ वर्षीय दिलिप चन्द्र राय रहेका छन्।
प्रहरीका अनुसार रायले सोमबार राति करिब १०ः३० बजे इलामको रोङ गाउँपालिका–३ घर भई हाल बिर्तामोड–५ मा डेरामा बस्दै आएकी २२ वर्षीया रविना मगरको कोठामा प्रवेश गरेका थिए।
मादक पदार्थ सेवन गरेका रायले पेट्रोलसमेत बोकेर कोठामा प्रवेश गरी तन्ना च्यातेपछि रविनाको हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेको प्रहरीले जनाएको छ।
घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर रायलाई नियन्त्रणमा लिएको थियो। घटनामा घाइते भएकी रविनालाई उपचारका लागि मनमोहन अस्पताल, बिर्तामोड लगिएको छ।
घटनामा संलग्न रायलाई पक्राउ गरी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0