मोरङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना घाइते

Oct 3, 2026 - 08:29
 0  6
मोरङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना घाइते

१७ असाेज,मोरङ । लेटाङ नगरपालिका–९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

  गएराति १०ः३५ बजे जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे.४ प ७४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो।

 दुर्घटनामा मोटरसाइकल चालक झापा घेराबारीका २७ वर्षीय कुमार नेपाली, पछाडि सवार सोही ठाउँका २५ वर्षीय सन्देश नेपाली र मोरङको पथरीशनिश्चरे गाउँपालिका–८ का ३२ वर्षीय अमर नेपाली घाइते भएका थिए।

घाइते तीनै जनालाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारे र न्युरो अस्पताल विराटनगर पठाइएको थियो।

उपचारका क्रममा कुमार नेपालीको असोज १६ गते शुक्रबार राति १२ बजे तथा सन्देश नेपालीको असोज १७ गते राति १२ः०४ बजे चिकित्सकले मृत्यु घोषणा गरेका छन्। अमर नेपालीको भने न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0