मुगुलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प
३१ भदौ, काठमाडौँ । मुगु जिल्लालाई केन्द्रबिन्दु बनाएर बुधबार बिहान दुई पटक भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प बिहान १:५१ बजे गएको हो। उक्त भूकम्पको तीव्रता ४.५ म्याग्निच्युड रहेको केन्द्रले जनाएको छ।
त्यसैगरी बिहान ४:२८ बजे मुगुलाई नै केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ। दुवै भूकम्पको धक्का आसपासका क्षेत्रमा समेत महसुस गरिएको हुन सक्ने भए पनि क्षतिबारे तत्काल कुनै विवरण सार्वजनिक भएको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0