माधव नेपालको मोहम्मद जयन्तीको शुभकामना : धार्मिक सहिष्णुता र सद्भाव कायम राख्न आग्रह
ईर्साद अन्सारी १० भदाै,काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय समितिका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मोहम्मद जयन्तीका अवसरमा मुस्लिम धर्मावलम्बीसहित सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
पूर्वप्रधानमन्त्री नेपालले इस्लाम धर्मका अन्तिम इर्शदुत (पैगम्बर) हजरत मुहम्मद (सल्ल) को १५०१औँ जन्मजयन्ती अर्थात् १२ रब्बी–उल–अव्वलको अवसरमा शुभकामना सन्देश जारी गर्दै सबै नेपालीबीच आपसी प्रेम, सद्भाव र सहअस्तित्व कायम हुनुपर्ने बताएका हुन्।
नेपालले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक रहेको उल्लेख गर्दै धार्मिक सहिष्णुताका दृष्टिले नेपाली समाज उदाहरणीय रहेको बताएका छन्। विभिन्न समुदायका चाडपर्व, धर्म र संस्कृतिले नेपालको राष्ट्रिय एकतालाई थप बलियो बनाएको उनको भनाइ छ।
उनले नेपालको विविधतायुक्त सामाजिक तथा सांस्कृतिक पहिचानलाई अझ समृद्ध बनाउँदै सबै धर्म, समुदाय र संस्कृतिबीच आपसी सद्भाव र सहअस्तित्व कायम रहोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।
मोहम्मद जयन्तीले सम्पूर्ण नेपालीमा शान्ति, समृद्धि, सुख र खुसी ल्याओस् भन्दै नेपालले हार्दिक शुभकामना व्यक्त गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
1
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0