सल्यानको सामुदायिक वनमा लुकाइछिपाई राखिएका पाँच नाल भरुवा बन्दुक बरामद
१८ कातिक,बारा । सल्यानको सामुदायिक वनमा लुकाइछिपाई राखिएको अवस्थामा पाँच नाल भरुवा बन्दुक बरामद गरिएको छ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका–७ लेक सङ्ग्रहीस्थित सिम्टीगैरा सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेका पाँच नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो ।
बुधबार बिहान करिब ८ः५५ बजे इलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको कमाण्डमा खटिएको टोलीले सामुदायिक वनमा खोजतलास गर्ने क्रममा ती बन्दुक फेला पारेको थियो ।
प्रहरीका अनुसार बरामद भएका पाँच बन्दुकमध्ये तीन नाल साबुत र दुई नाल बेसाबुत रहेका छन् ।
बरामद बन्दुक कसले र कुन प्रयोजनका लागि वन क्षेत्रमा लुकाएर राखेको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0