बाराको मटिअर्वाबाट १३ लाख ३८ हजार बराबरको भन्सार छलीका मोबाइल पार्ट्स बरामद
११ असाेज,बारा । भारतबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरिएको करिब १३ लाख ३८ हजार रुपैयाँ बराबरको मोबाइल पार्ट्स बाराको मटिअर्वा सीमा नाकाबाट सशस्त्र प्रहरीले बरामद गरेको छ ।
कलैया उपमहानगरपालिका–१० स्थित मटिअर्वा सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर मटिअर्वाबाट खटिएको टोलीले शनिबार मोटरसाइकलमा राखेर ल्याउँदै गरिएको अवस्थामा मोबाइलका विभिन्न पार्ट्स बरामद गरेको हो ।
भन्सार प्रक्रिया पूरा नगरी सामान ल्याउँदै गरेको अवस्थामा शंका लागेर जाँच गर्दा ठूलो परिमाणमा मोबाइल पार्ट्स फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । प्रहरीले सामानसँगै प्रयोग गरिएको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।
बरामद मोबाइल पार्ट्स र मोटरसाइकल आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0