बारा : ढुंगा खसेर अवरुद्ध हेटौंडा–वीरगञ्ज सडक दुईतर्फी सञ्चालनमा
९ असाेज,बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाई मन्दिरनजिक ढुंगा खसेर अवरुद्ध भएको हेटौंडा–वीरगञ्ज सडकखण्ड सञ्चालनमा आएको छ।
शुक्रबार बिहान करिब ६ः३० बजे चुरियामाई मन्दिरभन्दा करिब ५० मिटर दक्षिणतर्फ सडकमा ढुंगा खसेपछि सडक अवरुद्ध भएको थियो। ढुंगा हटाउन प्रहरी र सडक विभागको टोलीले समन्वय गरी काम अघि बढाएको थियो।
सुरुमा सडक एकतर्फी सञ्चालन गरिएकोमा बिहान करिब ९ बजे ढुंगा हटाएपछि सडक दुईतर्फी रूपमा पूर्णरूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
सडक सञ्चालनमा आएसँगै हेटौंडा–वीरगञ्ज सडकखण्डमा रोकिएका तथा आवतजावत गर्ने सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।फाईल फाेटाे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0