प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएर स्वदेश फर्किए
१० असाेज,काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किएका छन्।
प्रधानमन्त्री शाह गत असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका थिए। नेपाली समयअनुसार असोज ९ गते शुक्रबार बिहान उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गरेका थिए।
त्यसपछि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गरेका थिए। भ्रमणका क्रममा उनले न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा आयोजित विभिन्न ब्रिफिङ तथा औपचारिक स्वागत समारोहमा समेत सहभागिता जनाएका थिए।
न्युयोर्कबाट दोहा हुँदै काठमाडौं फर्किएका प्रधानमन्त्री शाह केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
प्रधानमन्त्रीको कार्यालयले भ्रमणबारे जानकारी दिँदै परराष्ट्र मन्त्रालयले भ्रमणसम्बन्धी प्रेस ब्रिफिङ गर्ने जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0