गोरखामा बुढीगण्डकीको कहर: सोतीको पक्की पुलसहित दुई झोलुङ्गे पुल बगायो, कयौँ घर डुबानमा २. संक्षिप्त तथा छोटो शीर्षक (Short
२५ असाेज,बारा । बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाका विभिन्न स्थानमा क्षति पुर्याएको छ। बाढीले दुईवटा झोलुङ्गे पुल र आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल बगाएको छ भने बस्तीका घरहरूमा समेत क्षति पुगेको छ।
गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच पहिरो खसेर नदी थुनिएपछि आएको बाढीले जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको हो। प्राप्त विवरणअनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बाढीले बगाएको छ।
सोही वडाको सिर्दिबास निवासी रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ। त्यस्तै, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ।
माछिखोलास्थित तल्लो बस्तीमा बाढी पस्दा ५ देखि ७ वटासम्म घर र त्यति नै संख्यामा टहरामा बाढी पसेको विवरण प्राप्त भएको छ। यसैगरी, धार्चे गाउँपालिका–३ सल्लेरीका २० देखि २२ वटासम्म घर बाढीको जोखिममा रहेका छन्।
बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बगाएको छ। पुल बगाएपछि स्थानीय आवागमनमा समेत समस्या पर्न सक्ने देखिएको छ।
बाढीबाट भएको क्षतिको विवरण प्राप्त हुने क्रम जारी रहेकाले थप क्षतिको विवरण आउन बाँकी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0