नागढुंगामा सवारीसाधन होल्ड, पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढमा आवागमन प्रभावित

Sep 25, 2026 - 11:54
 0  7
नागढुंगामा सवारीसाधन होल्ड, पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढमा आवागमन प्रभावित

ईर्साद अन्साारी

 ९ असाेजकाठमाण्डाैं । लगातार भइरहेको वर्षासँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाबाट बाहिरिने सम्पूर्ण सवारीसाधनलाई नागढुंगामा होल्ड गरिएको छ।

 बिहीबार साँझ ८ बजेदेखि यात्रुवाहक तथा मालवाहक सवारीसाधन, मोटरसाइकललगायतका सवारीसाधनलाई नागढुंगा क्षेत्रमा रोकिएको हो। वर्षाका कारण पहिरो खस्ने, ढुंगा झर्ने तथा सडकमा लेदो आएर आवागमन प्रभावित हुनसक्ने जोखिमलाई ध्यान दिँदै सुरक्षा सतर्कताका रूपमा सवारीसाधन रोकिएको जनाइएको छ।

 नागढुंगा–नौबिसे सडकखण्ड हुँदै धादिङ, चितवन, पोखरा, गोरखालगायत विभिन्न जिल्लातर्फ जाने सवारीसाधन नागढुंगामै रोकिएका छन्। लामो दूरीका यात्रुवाहक बस तथा मालवाहक सवारीसाधनसमेत होल्डमा परेपछि यात्रु तथा चालक प्रभावित भएका छन्। लगातारको वर्षाका कारण पृथ्वी राजमार्गको धादिङतर्फ कृष्णभीरलगायतका क्षेत्रमा पहिरो खसेर आवागमन प्रभावित भएको छ।

यस्तै, मुग्लिन–नारायणगढ सडकखण्डमा समेत पहिरोको जोखिमका कारण अर्को सूचना नभएसम्म आवागमन बन्द गरिएको छ। सडकको अवस्था र मौसममा सुधार आएपछि सुरक्षा निकाय तथा सम्बन्धित निकायको समन्वयमा नागढुंगामा रोकिएका सवारीसाधनलाई क्रमशः गन्तव्यतर्फ पठाइने तयारी गरिएको छ।

सम्भावित जोखिमलाई ध्यान दिँदै यात्रुलाई अनावश्यक यात्रा नगर्न तथा लामो दूरीमा निस्कनुअघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ। लगातारको वर्षाका कारण नागढुंगा–नौबिसे सडकखण्डमा सवारीसाधनको चाप बढ्न सक्ने भएकाले यात्रुलाई धैर्य गर्नसमेत अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0