टेकु अस्पतालमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि अभद्र व्यवहार, तीन जना पक्राउ

Oct 2, 2026 - 15:27
 0  2
टेकु अस्पतालमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि अभद्र व्यवहार, तीन जना पक्राउ

१६ असाेज,काठमाडौं । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ड्युटीमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि गालीगलौज, धाकधम्की तथा हातपात गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

 पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–४ का ४१ वर्षीय रामकुमार बुढाथोकी, २३ वर्षीय आयुष बुढाथोकी र २७ वर्षीय सचिन बुढाथोकी रहेका छन्।

प्रहरीका अनुसार असोज १४ गते राति करिब १ बजे अस्पतालको आकस्मिक कक्षमा आएका उनीहरूले ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई गालीगलौज, धाकधम्की र हातपात गरेको सूचना प्राप्त भएपछि प्रहरी वृत्त कालीमाटीबाट टोली खटिएको थियो। प्रहरी टोलीले घटनास्थलमा पुगेर जाँच गर्दा उनीहरूले स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि अभद्र व्यवहार गरेको पाइएपछि तीनै जनालाई नियन्त्रणमा लिएको हो।

 उनीहरूमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0