च्याउ टिप्न गएका कैलालीका कृष्ण चौधरीलाई बाघले मार्यो
ईर्साद अन्सारी
१६ असाेज,धनगढी । कैलालीमा च्याउ टिप्न सामुदायिक वनमा गएका एक पुरुषको बाघको आक्रमणबाट मृत्यु भएको छ।
गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट सोही वडाको चरीडाँडा बस्ने ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको हो।
प्रहरीका अनुसार चौधरी शुक्रबार बिहान करिब ५ बजे च्याउ टिप्न वनमा गएका थिए। च्याउ टिप्ने क्रममा उनलाई बाघले आक्रमण गरेको थियो। बाघको आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे बिहान ८ः०५ बजे इलाका प्रहरी कार्यालय चौमालामा जानकारी पुगेको थियो। त्यसपछि प्रहरी वरिष्ठ नायव निरीक्षक रमेशबहादुर शाहीको कमान्डमा चार जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।
प्रहरी टोली बिहान ८ः४५ बजे घटनास्थल पुगेको प्रहरीले जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय चौमालाबाट करिब १३ किलोमिटर दक्षिण–पश्चिममा पर्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0