बाराको अमलेखगञ्जमा गाडीको ठक्करबाट एक जनाको मृत्यु, चालक पक्राउको माग गर्दै चक्काजाम
२५ असाेज,बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
स्थानीय सञ्चारकर्मी मनोज साहका अनुसार मृत्यु हुनेमा करिब ६५ वर्षीय स्थानीय रामबहादुर थिङ रहेका छन् । ठक्कर दिएपछि चालक गाडीसहित फरार भएको जनाइएको छ ।
घटनापछि मृतकका आफन्त तथा स्थानीय बासिन्दाले ठक्कर दिने गाडी र चालकलाई पक्राउ गर्न माग गर्दै चक्काजाम गरेका छन् ।
चक्काजामका कारण पश्चिमतर्फ जाने यात्रुवाहक गाडीहरू सडकमा रोकिएका छन् । ठक्कर दिने गाडी र चालकलाई पक्राउ नगरेसम्म चक्काजाम जारी राख्ने स्थानीयले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0