काठमाडौंको गेस्ट हाउसबाट ३४ ग्राम खैरो हेरोइन र ५ लाख ८० हजार रुपैयाँसहित सिरहाका चार जना पक्राउ

Oct 27, 2026 - 15:33
 0  7
काठमाडौंको गेस्ट हाउसबाट ३४ ग्राम खैरो हेरोइन र ५ लाख ८० हजार रुपैयाँसहित सिरहाका चार जना पक्राउ

बिकेन्द्र सुबेदी

१० कातिक,काठमाण्डाैं  । काठमाडौंको तिलगंगास्थित एक गेस्ट हाउसबाट ३४ ग्राम खैरो हेरोइन र ५ लाख ८० हजार रुपैयाँ नगदसहित चार जना पक्राउ परेका छन्।

 लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले कार्तिक ७ गते काठमाडौं महानगरपालिका–९, तिलगंगास्थित गेस्ट हाउसमा कोठा बुक गरी बसेर लागूऔषध खैरो हेरोइन बिक्री गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–२ का २० वर्षीय भरोष मुखिया, २६ वर्षीय धनिकलाल मुखिया, २६ वर्षीय पवन मुखिया र ३६ वर्षीय महमद सजाबुल शेष रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट ३४ ग्राम खैरो हेरोइन र ५ लाख ८० हजार रुपैयाँ नगद बरामद गरिएको छ।

 पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ। लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को सजायसम्बन्धी व्यवस्थाअनुसार बरामद परिमाणको खैरो हेरोइनसम्बन्धी कसुरमा १० देखि १५ वर्षसम्म कैद र ७५ हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने ब्यूरोले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0