झापामा जमिनमुनिको डिजेल ट्याङ्की पड्किएर आगलागी, टिफर चालक घाइते

Oct 26, 2026 - 06:19
 0  0
झापामा जमिनमुनिको डिजेल ट्याङ्की पड्किएर आगलागी, टिफर चालक घाइते

९ कातिक,झापा । झापाको शिवसताक्षी नगरपालिका–१०, टेक्रास्थित पार्वती अम्बिका कन्ट्रक्सन कम्पनीमा जमिनमुनि राखिएको डिजेल ट्याङ्की पड्किएर आगलागी हुँदा एक जना घाइते भएका छन्।

आइतबार साँझ करिब ७:३० बजे जमिनमुनि रहेको ट्याङ्कीमा भण्डारण गरिएको करिब ९ हजार ५०० लिटर लाइट डिजेल प्रदेश १–०१–००१ क १८०० नम्बरको टिफरमा लोड गर्ने क्रममा ट्याङ्की अचानक पड्किएर आगलागी भएको हो।

आगलागीमा परी टिफर चालक इलामको माङ्सेबुङ गाउँपालिका–३ निवासी ३५ वर्षीय कोफियत राई घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको र उनी घटनास्थलमै रहेको जनाइएको छ।

आगलागीबाट टिफरमा सामान्य क्षति पुगेको छ भने ट्याङ्कीमा भण्डारण गरिएको डिजेल पूर्ण रूपमा जलेर नष्ट भएको छ। घटनापछि आगो नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक महेन्द्र पराजुलीको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0