कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा चालकको मृत्यु

Oct 2, 2026 - 09:38
 0  6
कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा चालकको मृत्यु

१६ असोज, दाङ । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान ना.६ प ३३३३ नम्बरको ट्रक र लु.प्र.०३–००१ ख ००९९ नम्बरको बस आपसमा ठोक्किँदा बस चालक ३४ वर्षीय सुमन खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि चन्द्रौटा लगिएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0