इमानदारी र निष्पक्षतालाई प्राथमिकतामा राखेर काम गर्न एसपीहरूलाई आईजीपी केसीको निर्देशन
१११ मंसिर,काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न लागेका प्रहरी उपरीक्षक (एसपी)हरूलाई इमानदारी, निष्पक्षता, अनुशासन र जवाफदेहितालाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न निर्देशन दिएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक केसीले समसामयिक सुरक्षा चुनौती, व्यावसायिक आचरण, नेतृत्वदायी भूमिका र नागरिकमैत्री सेवा प्रवाहका विषयमा स्पष्ट निर्देशन दिएका हुन्।
कार्यक्रममा महानिरीक्षक केसीले संगठनका नीतिगत प्राथमिकतालाई पूर्ण रूपमा आत्मसात् गर्दै परिणाममुखी कार्यसम्पादनमार्फत नेपाल प्रहरीप्रति आम नागरिकको विश्वास अभिवृद्धि गर्नुपर्नेमा जोड दिए।
कार्यालय प्रमुखको जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्दै व्यावसायिक प्रहरी कार्यसम्पादन र नागरिकमैत्री सेवा प्रवाहलाई केन्द्रमा राख्न उनले आग्रह गरे।
उक्त निर्देशन कार्यक्रममा काठमाडौं उपत्यकाबाहिर कार्यरत प्रहरी उपरीक्षकहरू समेत भर्चुअल माध्यमबाट सहभागी भएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0