अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ

Oct 28, 2026 - 12:29
 0  2
अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ

११ कातिक,काठमाडौं । अमेरिकाबाट कुरियरमार्फत कागजातको आवरणमा ल्याइएको १ किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

 लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा बुधबार नियन्त्रणित सुपुर्दगी विधि अपनाएर गाँजा बरामद गरेको हो।

 उक्त घटनामा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ। पक्राउ पर्नेमा भारतको गुजरात राज्यस्थित अहमदाबादका २३ वर्षीय भवरसिंह र ३३ वर्षीय वन्दित पटेल रहेका छन्।

 प्रहरीका अनुसार उनीहरूबाट १ किलो ३३८ ग्राम गाँजा र दुई थान मोबाइल फोन बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूरोले कात्तिक ११ गते जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0