हेटौँडामा ४२ किलोभन्दा बढी गाँजासहित दुई भारतीय नागरिक पक्राउ

Oct 27, 2026 - 17:24
 0  3
हेटौँडामा ४२ किलोभन्दा बढी गाँजासहित दुई भारतीय नागरिक पक्राउ

१० कातिक,बारा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ पिपलबोटबाट ४२ किलो ४१० ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

महेन्द्र राजमार्गमा खटिएको प्रहरी चौकी रातोमाटे र ट्राफिक प्रहरीको संयुक्त चेकिङ टोलीले सोमबार दिउँसो करिब १ः३५ बजे हेटौँडाबाट बारातर्फ आउदै गरेको भारतीय नम्बर प्लेटको गाडी (BR1AP6073) जाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार गाडीको बोनट, चालकको सिटमुनि र चालकपट्टिको सिटमुनि फल्स बटम बनाएर लुकाइएको अवस्थामा प्लास्टिकसहित १९ पोका गाँजा फेला परेको थियो।

पक्राउ पर्नेमा भारतको वैशाली जिल्ला, महुवा टोलका २५ वर्षीय बिर्जु कुमार राय र २६ वर्षीय मन्जय कुमार राय रहेका छन्। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0