सिरहाको ताज होटलमा जुवातास खेल्दै गरेका १० जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

Nov 22, 2026 - 10:44
 0  8
सिरहाको ताज होटलमा जुवातास खेल्दै गरेका १० जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

ईर्साद अन्सारी

६ मंसिर,सिरहा । सिरहाको एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा नगरपालिका–७ स्थित ताज होटलमा सनिबार राति करिब १० बजे जुवातास खेलिरहेको गोप्य सूचना प्राप्त भएपछि प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले छापा मारेको थियो।

होटलमा चेकजाँच गर्ने क्रममा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका तथा अर्नमा गाउँपालिकाका ९ जना नेपाली नागरिक र भारतको पश्चिम बंगाल राज्य, मिदनापुर जिल्लाको दासपुर थाना क्षेत्रका ४४ वर्षीय सपन रोय रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट नेपाली रुपैयाँ १ लाख ७ हजार ७१०, भारतीय रुपैयाँ १ हजार १२०, विभिन्न कम्पनीका १० थान मोबाइल, नयाँ तासका १३ बण्डल र खुला तासका २१४ पत्ती बरामद गरेको छ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले जानकारी दिएका छन्।

प्रहरीले मंसिर आज जारी गरेको प्रेस विज्ञप्तिमा घटनाबारे थप अनुसन्धान भइरहेको उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0