सामुदायिक वनका ओडारमा लुकाइएका ८ नाल भरुवा बन्दुक बरामद

Oct 1, 2026 - 15:12
 0  4
सामुदायिक वनका ओडारमा लुकाइएका ८ नाल भरुवा बन्दुक बरामद

१५ असाेज,सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका दुई वटा सामुदायिक वनका ओडारमा लुकाइछिपाई राखिएका ८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।

 बिहीबार बिहान ९ः३० बजे जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले बनगाड कुपिण्डे नगरपालिका–७ स्थित सल्लेरी सामुदायिक वनको ओडारबाट ४ नाल र वडा नम्बर १२ स्थित निगालचुला भदाले सामुदायिक वनको ओडारबाट थप ४ नाल भरुवा बन्दुक बरामद गरेको हो

। प्रहरीका अनुसार सामुदायिक वनका ओडारमा लुकाइछिपाई राखिएको अवस्थामा ती बन्दुक फेला परेका हुन्। बरामद गरिएका भरुवा बन्दुक कसले र के प्रयोजनका लागि लुकाएर राखेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0