साँगामा बसको ठक्करबाट १४ वर्षीया बालिकाको मृत्यु, मोटरसाइकल चालक घाइते

Nov 13, 2026 - 18:29
 0  10
साँगामा बसको ठक्करबाट १४ वर्षीया बालिकाको मृत्यु, मोटरसाइकल चालक घाइते

२७ कातिक,भक्तपुर । भक्तपुरको साँगामा बसले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीया बालिकाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार दुर्घटनामा खोटाङकी १४ वर्षीया भूमिका राईको मृत्यु भएको हो । काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–००१ २३६६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बसले ठक्कर दिएको थियो ।

बसको ठक्करबाट मोटरसाइकलको पछाडि सवार भूमिका गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि लगिए पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

 दुर्घटनामा मोटरसाइकल चालक रोशन राई घाइते भएका छन् । दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी डीएसपी दीपककुमार कार्कीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0