कैलालीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु, चार जना घाइते
२७ कातिक,काठमाण्डाैं । कैलालीको धनगढी उपमहानगरपालिका–१५ स्थित ज्योति आयल स्टोर नजिक मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
बिहिबार साँझ करिब ७ बजे धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको से ४ प ४५८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र. ०२००३ प ८१५५ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकलमा सवार तीन जना र स्कुटरमा सवार दुई जना गरी पाँच जना घाइते भएका थिए। घाइते सबैलाई उपचारका लागि निसर्ग अस्पताल धनगढी पठाइएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटर चालक धनगढी उपमहानगरपालिका–५ तारानगर निवासी ३५ वर्षीया सुशीला बमलाई सुक्रबार बिहान २ बजेर २६ मिनेटमा थप उपचारका लागि मायामेट्रो अस्पताल धनगढी लगिएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको हो। मृतक बमको शव मायामेट्रो अस्पतालमै रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0