सर्लाहीको लालबन्दीमा १ हजार ५०० ट्याब्लेट लागूऔषधसहित २४ वर्षीय विशाल प्रधान पक्राउ

Oct 26, 2026 - 15:34
 0  8
सर्लाहीको लालबन्दीमा १ हजार ५०० ट्याब्लेट लागूऔषधसहित २४ वर्षीय विशाल प्रधान पक्राउ

ईर्साद अन्सारी

९ कातिक,बारा । सर्लाहीको लालबन्दी नगरपालिका–४ जब्दी पुलस्थित भित्री सडकखण्डबाट प्रहरीले १ हजार ५०० ट्याब्लेट लागूऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार लालबन्दीबाट जब्दीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०५४ प १४४९ नम्बरको स्कुटरलाई शंका लागेर जाँच गर्ने क्रममा लागूऔषध बरामद भएको हो।

इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको ट्राफिक प्रहरीसहितको संयुक्त चेकिङ टोलीले स्कुटरको डिकीमा हरियो कपडाको झोलाभित्र लुकाइछिपाइ राखिएको Nitrazepam लेखिएको १ हजार ५०० ट्याब्लेट फेला पारेको प्रहरीले जनाएको छ।

 पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ नवलपुरका २४ वर्षीय विशाल प्रधान रहेका छन्। प्रहरीले प्रधानलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लालबन्दीबाट थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0