कञ्चनपुरको होटलबाट ४ किलो ३२४ ग्राम चरेससहित बझाङका ३५ वर्षीय पुरुष पक्राउ

Oct 28, 2026 - 15:48
 0  2
कञ्चनपुरको होटलबाट ४ किलो ३२४ ग्राम चरेससहित बझाङका ३५ वर्षीय पुरुष पक्राउ

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित एक होटलबाट ४ किलो ३२४ ग्राम अवैध लागूऔषध चरेससहित एक जना पक्राउ परेका छन्।

 जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा बझाङको छबिसपाथिभेरा गाउँपालिका–६ निवासी ३५ वर्षीय सुरेन्द्रबहादुर बुढा रहेका छन्।

बुधबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा भीमदत्त नगरपालिका–४ बसपार्कस्थित न्यू खप्तड सैपाल होटलमा जाँच गरेको थियो।

 जाँचका क्रममा बुढा बसेको कोठाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा उक्त परिमाणको चरेस फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले चरेस बरामद गरी बुढालाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0