संखुवासभामा श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ
११ कातििक,संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु भएको छ।
प्रहरीका अनुसार बुधबार बिहान करिब ९ बजे स्थानीय ४८ वर्षीय तेम्बा रिन्जे शेर्पाले मादक पदार्थ सेवन गरी आफ्नी श्रीमती मिङ्माछिकी शेर्पालाई कुटपिट गरेका थिए।
कुटपिटबाट गम्भीर बनेकी मिङ्माछिकीको मृत्यु भएको जनाइएको छ।
घटनापछि प्रहरीले श्रीमतीको मृत्युमा संलग्न रहेको आरोपमा तेम्बा रिन्जे शेर्पालाई नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0