श्रम संस्कृति पार्टीले बाढीपीडित राहत कोषमा १५ लाख दिने
१४ भदाै,काठमाडौं । श्रम संस्कृति पार्टीले बाढीपीडितको सहयोगका लागि राहत कोषमा १५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
पार्टी अध्यक्ष हर्क साम्पाङले आइतबार सामाजिक सञ्जालमार्फत बाढीपीडितका लागि स्थापना गरिएको राहत कोषमा १५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेका हुन्।
साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो कलिलो तर मलिलो श्रम संस्कृति पार्टीले बाढी पीडित कोषमा १५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गर्दछौँ !’
उनका अनुसार पार्टी तथा शुभेच्छुकबाट संकलन हुने सहयोग रकमबाट उक्त कोषमा थप सहयोगसमेत गरिनेछ। पछिल्लो समय आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले पार्टीले राहत कोषमा रकम उपलब्ध गराउने निर्णय गरेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0